क्यान्सरबारे सचेतना फैलाउँदै कर्ण कायस्थ महिला समाज

काठमाडौं । क्यान्सरका कारण महिलाहरूको मृत्यु हुने जोखिम बढिरहेकाले कर्ण कायस्थ महिला समाजले काठमाडौंमा एकदिने सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ।
समाजका सदस्य वसुधा कर्णको पुण्य तिथीको अवसरमा उक्त सचेतानमुलक कार्यक्रममा ६० जनाको सहभागिता रहेको थयो।
काठमाडौं क्यान्सर सेन्टरको सहयोग र समाजकी सदस्य वसुधाका श्रीमान् कमलेश कर्णको आर्थिक सहयोगमा ५४ जना महिलाहरूको निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको समाजकी उपाध्यक्ष पुनम दासले बताइन्।
उनले पछिल्लो समय नेपालमा सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका कारण महिलाहरू पीडित हुन थालेको र महिलाहरूको मृत्यु गराउने कारणमध्येको प्रमुख मानिएकाले सचेतानामुलक कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्।
उनले समाजकी सदस्य बोन क्यान्सर वसुधा कर्णको बोन क्यान्सरका कारण निधन भएको हुँदा उनकै पुण्यतिथीको अवसरमा असार १४ गते सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको भन्दै आगामी दिनमा क्यान्सरका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनेर समाज लागि परेको बताइन्।






