पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्याप्रति पुर्व उपप्रधानमन्त्री महतोद्वारा दु:ख व्यक्त

जनकपुरधाम । पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दु:ख व्यक्त गरेको छ ।
रायको मलंगवास्थित घरमा पुगी महतोले आज श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।
महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग समेत गरेको छ ।
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।
प्रतिक्रिया






