इजरायली आक्रमणका प्रमुख योजनाकार दिएफ पनि मारिएको दावी

इजरायलले हमासको सैन्य कमान्डर मोहम्मद दिएफको पनि हत्या गरेको दावी गरेको छ ।

मङ्गगलवार हमासका प्रमुख इस्माइल हानियाको हत्या गरेको इजरायली सेनाले हमासको सैन्य कमान्डर दिएफ गत १३ जुलाईमै मारिएको दावी गरेको छ ।

इजरायली सेनाका अनुसार गाजाको खान यूनिस क्षेत्रमा १३ जुलाईका दिन भएको इजरायली आक्रमणमा दिएफ मारिएका हुन्।
इजरायली सेनाले उक्त दिन हवाई आक्रमणमा हमासका एकजना कमान्डरको मृत्यु भएको बताएपनि नाम भने पुष्टि गरेको थिएन।

इजरायली सेनाका अनुसार गत ७ अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको दिएफ प्रमुख योजनाकार मध्यका एक थिए।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना तीन प्रमुख दुश्मनहरूको अन्त्य नगरेसम्म आरामले बस्न नसक्ने चेतावनी दिएका छन्।

हमास प्रमुख हानियाको हत्या पछि इजरायलले हिजबुल्लाह, हुथी र हमासको पूर्ण रुपले अन्त्य गर्ने उनले चेतावनी दिएका छन्।

प्रतिक्रिया
    ट्याग: