मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्यापन हुने

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्यापन सुरु हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गर्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण गरेको छ ।
यस्तै झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।
सर्वोच्च अदालतले आदेश दिएपछि बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो ।
यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ ।

प्रतिक्रिया






