सिरहामा धर्मको नाउँमा सर्वसाधारण ठग्दै ‘भाइरल बाबा’

सिरहा । अन्धविश्वास एउटा जटिल बिषय हो।अधुनिक दुनियाँमा धेरै बैज्ञानिक र प्राबिधिक बिकास भए बावजुद पनि अन्धविश्वासको प्रबिधि भने मानिसको जीवनबाट हराउन सकेको छैन। यहि बिश्वासले मनिसको सोचमा समेत नराम्रो असर परेको छ।
अन्धविश्वासले नेपाली समाजमा धर्म तथा विभिन्न बहाना मा समय–समयमा ठगिरहेका छन्। जसमा विशेषगरी शैक्षिक र आर्थिक रूपमा कमजोर वर्ग यसको सिकार भइरहेका छन्।
यस्तै अन्धविश्वासले सिराहामा धर्मको आड लिएर एक ब्यक्तिले लाखौं रकम ठगी गरिरहेका छ्न। स्थायी घर लाहान – २२ भएको गोबिन्द बाबा (भाईरल बाबा)ले आफुप्रति भगवान आकर्षित भएको दावी गर्दै श्रद्धालु संग रकम लिनेगरेको पाइन्छ ।
हाल लाहान वडा न. १ स्थित आफ्नै घरमा विभिन्न रोगको उपचार आफू संग रहेको भन्दै प्रती ब्यक्ति १५,०० (पन्द्र सय रुपैयाँ) लिने गरेको स्वयं बाबाले स्वीकार गरेका छन् । उनले आफू जडीबुटीको औषधि बापत पैसा लिनेगरेको बताएका छन् । यी बाबाले आफुद्वारा क्यान्सर, सुगर, प्रेसर लगायत अन्य दीर्घ रोगका बिरामी समेत निको भएको दावी गरेका छन्। उनले म नीर नेपाल मात्र हैन, रूस, जपान, अमेरिका, मलेसिया, दुवई, कतारका मान्छेहरू पनि आउने गरेका बताउँछन् ।
दैनिक रुपमा करिब ३ सय जना भक्तजनको भिड लाग्ने बाबाको घरमा १५० जनाले रु. १५,०० तिरेर जडिबुटीको औषधि लिनेगरेको स्थानीय बताउँछन् । भाईरल बाबाको दैनिक आम्दानी औसत रुपमा १ लाख ५० हजार हुने गरेको स्थानीय बताउँछन् । बिरामीलाई औषधि दिए बापत कुनै प्रकारको बिल भर्पाई नदिएको उनकै अनुयायीहरु बताउँछन्।
उनको आम्दानी रकम बारे आन्तरिक राजस्व कार्यालय समेत अनभिज्ञ रहेको देखिन्छ। यस प्रति प्रहरी, प्रशासन लगायत अन्य सरोकारवाला निकायको मौनता रहेको छ।






