अधिकांश समय निजीमा बिताउने डा. सिंह प्रादेशिक अस्पताल जनकपुरको निर्देशक

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुन प्रसाद सिंह नियुक्त भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत पर्ने प्रादेशिक अस्पताल जनकपुरको बालरोग विशेषज्ञ रहेका डा.सिंह १० औं तहका कर्मचारी हुन् ।

उनलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।

डा.सिंह तिनै डाक्टर मध्येका हुन् जो सँधै विवादमा आइरहन्छन्। अस्पतालमा समय दिनुभन्दा बढी आफ्नो निजी अस्पताल र क्लिनिकमा समय बिताउने डाक्टर सिंहले अब कसरी प्रादेशिक अस्पतालमा पूरा समय बिताउँछन् त्यो भने हेर्न बाँकी छ ।

यसअघि निर्देशकको जिम्मेवारीमा रहेका डा. रामनरेश पण्डितलाई मुख्यमन्त्री कार्यालयमा तानिएको छ । उनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि लविङ्ग गरिरहेका छन् ।

यो पनि :

डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने

प्रतिक्रिया
नागरिक मिरर