बार्गेनिङ्ग गर्न रवीले ओलीलाई भने रुम मिलाउँछु, बिचौलियाबिना कुरा गरौं
काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बार्गेनिङ्गका लागि अफर गरेका छन् ।
सहकारी रकम अपचलनको मुद्दामा आइतवार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आफ्नो सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई बार्गेनिङ्गका लागि अफर गरेका हुन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ’न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…’
प्रतिक्रिया