वैवाहिक सम्बन्धमा भावनात्मक तनाव उत्पन्न भएपछि श्रीमतिसँग छुट्टिँदै एआर रहमान

विश्व चर्चित सङ्गितकार एआर रहमान र उनकी पत्नी सायरा बानूले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् ।

विवाहको २९ वर्ष पछि दुबैजनाले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेपछि अहिले चर्चाको विषय बनेको छ ।

दुबैजनाले मङ्गलवार आफूहरू छुट्टिन लागेको जानकारी दिएका हुन् ।

भावनात्मक तनावका कारण एआर रहमान र उनकी पत्नी सायराले सम्बन्ध विच्छेद गर्न लागेको बताइएको छ ।

सायरा बानू र एआर रहमानको विवाह १९९५ मा भएको थियो । दुबैजनाको तीन सन्तान छन् ।

विश्व प्रसिद्ध अस्कर र ग्रैमी जस्ता अर्वाडहरू प्राप्त गरेका एआर रहमानको सङ्गित जगतमा छुट्टै पहिचान छ ।

प्रतिक्रिया
    ट्याग: