सुदूरपश्चिमले बनायो एनपिएलमा हालसम्मकै उच्च रन, विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूर पश्चिम रोयल्सले हालसम्मकै उच्च रन बनाएको छ ।
तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किङ्ग्सविरुद्ध टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको सुदूर पश्चिम रोएल्सले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको छ ।
सुदूरपश्चिमका लागि मार्की एवं कप्तान दिपेन्द्र सिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । त्यस्तै ब्रान्डन म्याकलुमले ३६ रनको पारी खेले भने विनोद भण्डारीले २३, ईशान पाण्डेयले २१ र सेफ जेवले १४ रन बनाए ।
विराटनगर किङ्ग्सका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए भने क्रिस सोल, इस्मत आलम र बसिर अहमदले समान १÷१ विकेट हात पारे ।
प्रतिक्रिया






