विराटनगरलाई ९० रनले हराउँदै सुदूर पश्चिमको सानदार सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूर पश्चिम रोयल्सले सानदार जित हात परेको छ ।

मङ्गलवार तेस्रो दिनको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै सुदूर पश्चिमले सानदार जितसहित प्रतियोगितामा जित हासिल गरेको हो ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको सुदूर पश्चिम रोएल्सले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनायो । १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स निर्धारित ओभरको १६.१ डलमा ९२ रन बनाउँदै अल आउट भयो ।

विराटनगरका लागि बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

उता सुदूरपश्चिमको जितका लागि मार्की एवं कप्तान दिपेन्द्र सिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । त्यस्तै ब्रान्डन म्याकलुमले ३६ रनको पारी खेले भने विनोद भण्डारीले २३, ईशान पाण्डेयले २१ र सेफ जेवले १४ रन बनाए ।

विराटनगर किङ्ग्सका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए भने क्रिस सोल, इस्मत आलम र बसिर अहमदले समान १/१ विकेट हात पारे ।

प्रतिक्रिया