जनकपुरको विस्फोटक ब्याटिङले प्राप्त गरेकाे विशाल लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भइरहेको छ । सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ  गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको छ । सुदूरपश्चिको यो जारी एनपीएलमा उच्च स्कोरसमेत हो । सो लक्ष्य पछ्याएको जनकपुरले विस्फोटक सुरुवात गरेको छ । उसका ओपनर आसिफ शेख र लाहिरु मिलन्थाले पावर प्लेमा ७१ रन जोडेका छन् ।

यसअघि सुदूरका लागि विनोद भण्डारी र सैफ अली जैबले बलियो सुरुवात दिलाएका थिए । पहिलो ओभरमै विनोद भण्डारीले हर्ष ठाकरको ओभरमा दुई छक्कासहित १७ रन जोडेका थिए ।  त्यसपछि जिमी निशमको ओभरमा ११ रन आएको थियो भने ललित राजवंशीले ४ रन दिए । चौथो ओभर चौथो ओभर ठाकरले र पाँचौ ओभर राजवंशीले मेडन फाले पनि छैटौँ ओभरमा ठाकरले १६ रन दिएका थिए ।

पावर प्लेमा सुदूरले विना क्षति ४८ रन जोडेको थियो । भण्डारी र जैबबीच १२ ओभरमा ११७ रनको साझेदारी भएको थियो । तर, त्यसपछि सुदूरका ब्याटरले लगातार अन्तरालमा विकेट गुमाए । जैबले ६९ रन बनाए भने भण्डारीले ४१ रनको योगदान दिए । सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले मात्र ९ रन बनाए ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन तीन विकेट लिए भने जेम्श निशम र ललित राजवंशीले एक एक विकेट लिए । राजवंशीले लिगमा १७ विकेट लिएर शीर्ष स्थान कब्जा गरेका छन् । 

दर्शकहरू त्रिवि मैदान कीर्तिपुरमा बिहानैदेखि पुगिसकेका छन् । फाइनलका लागि टिकट खुलेको केही समयमै सोल्डआउट भएको थियो । फाइनल खेलमा दर्शकको ठूलो उपस्थिति छ । अनुमानअनुसारै बिहानैदेखि दर्शकहरूको घुइँचो लागको छ । 

जनकपुर र सुदूरपश्चिम दुवै टिमको फ्यान फलोइङ पनि अन्य टिमभन्दा राम्रो भएकाले र यी दुवै टिम भिड्ने भएकाले पनि दर्शकको ठूलो उपस्थिति हुने अवस्था बनेको हो । जनकपुर र सुदूरपश्चिम यसअघि दुईपटक भिडिसकेका छन् । जसमा सुदूरपश्चिम दुवै खेलमा हावी भएको थियो । यी दुवै टिम लिग चरणमा शीर्ष दुईमा थिए । पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो भने विजेता सुदूरपश्चिम फाइनल पुगेको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

प्रतिक्रिया
    ट्याग: