अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा ट्रम्पले लिए शपथ

अमेरिका । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा डोनाल्ड जे.ट्रम्पले शपथ ग्रहण गरेका छन् ।

अमेरिकी संसद भवन क्यापिटल हिलमा ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका हुन् ।

उनको शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो.बाइडन, निवर्तमान उपराष्ट्रपति कमला ह्यारिस, एलन मस्क, भारतीय व्यापारी मुकेश अम्बानी लगायत उपस्थित थिए ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा उनले डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै जित हात पारेका थिए ।

प्रतिक्रिया