भारतका एक अर्ब नागरिकसँग छैन खर्च गर्ने पैसा

भारत । भारतको एक अर्ब नागरिकसँग खर्च गर्न पैसा नरहेको एक रिपोर्टले देखाएको छ ।
भेन्चर क्यापिटल फर्म ब्लूम भेन्चर्सले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार भारतको कुल जनसङ्ख्या एक अर्ब ४० करोड रहेकोमा एक अर्ब नागरिकसँग खर्च गर्नका लागि पैसा नरहेको पाइएको हो ।
रिपोर्टका अनुसार भारतमा आफ्नै व्यवसाय सञ्चालन गर्ने वा स्टार्ट अपको सम्भावित बजारमा १३ देखि १४ करोड नागरिकको सहभागिता रहेको छ भने ३० करोड यस्ता नागरिक छन् जो इमर्जिङ्ग वा आकाङ्क्षी भनाउँछन् । जो खर्च गर्नका लागि तयार छैनन् तर, अहिले खर्च गर्न सुरु गरेका छन् ।
एशियाको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको भारतमा सम्पन्न आवादीको सङ्ख्यामा खासै वृद्धि हुन नसकेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया