मधेस भवनभित्रै मृत फेला परे मधेस शहीद प्रतिष्ठानका सदस्य यादव

जनकपुरधाम । मधेस शहीद प्रतिष्ठानका सदस्य आफ्नै क्वार्टरमा मृत अवस्थामा फेला परेका छन्। प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान ७ बजेको समयमा आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार यादवलाई मृत देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बान्ता गरेको अवस्था देखिए पनि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको उनले जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यादवले मृत्युअघि आफ्ना परिवारसँग कुरा गरेका थिए र सहकर्मीलाई समेत असहज महसुस भइरहेको बताएका थिए।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया