गायक दिनेश ढकालको सांगीतिक ब्याण्ड “दिनेश ढकाल एण्ड डोको नाम्लो” सार्वजनिक

काठमाडाैँ । कुनै समयको निकै चर्चित गीत “कालो केशमा रेलीमै बाधेको रिबन” का रचनाकार तथा गायक दिनेश ढकालले “दिनेश ढकाल एण्ड डोको नाम्लो” नामक सांगीतिक ब्याण्ड सार्वजनिक गरेका छन् | झन्डै तिन वर्ष अगाडी रिलिज भएको यस गीतलाई युटुबमा हालसम्म २ करोड भन्दा बढी पटक हेरिएको छ |
हरेक नेपालीको कानमा गुन्जिएको यस गीतले सांगीतिक दुनियाको शिखर चुमे पनि यस गीतका रचनाकार तथा गायक दिनेश ढकाल भने दर्शक श्रोता माझ पुगेका थिएनन् | यस गित पश्चात पनि निकै राम्रा गीत संगीत ल्याएका गायक दिनेश अहिले नयाँ सांगीतिक उर्जा सहित ” दिनेश ढकाल एण्ड डोको नाम्लो” ब्याण्ड लिएर आएका छन् |
लोक विधाका संगीतहरु प्रस्तुत गर्ने गायक ढकालले अब आफ्नो ब्याण्डले नेपाली मौलिक तथा लोक संगीतको मर्मलाई जीवन्त राख्दै आम नेपाली दर्शक तथा श्रोताहरु माझ केहि नयाँ शैलीमा नेपाली संगीतहरु पस्कने बताउँछन् | ६ जना संगीतकर्मीहरु रहेको ब्याण्डमा निकै चर्चित तथा अनुभवी म्युजिसियनहरु रहेका छन् |
जसमा कोक स्टुडियोमा समेत सारंगी बजाएका अनिल गन्धर्व पनि ब्याण्डमा जोडिएका छन् | भिनिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय सांगीतिक मंचहरुमा आफ्नो प्रस्तुति दिई सकेका गन्धर्वले यस ब्याण्डमा जोडिन पाउदा आफुमा एक विशेष सांगीतिक उर्जा थपिएको बताउछन् | त्यस्तै ब्याण्डमा निकै अनुभवी म्युजिसियहरु: गितारमा दुर्गा क्षेत्रि, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ लगायतका म्युजिसियहरु रहेका छन् |
ब्याण्डले आफ्नो पहिलो आधिकारिक सांगीतिक प्रस्तुति यहि फागुन २३ गते पद्मश्री कलेज द्वारा आयोजित म्युजिक फेस्टिवलमा दिने बताएको छ | त्यस्तै ब्यान्ड छिट्टै नेपाल सांगीतिक टुरको तयारीमा समेत लागेको ब्याण्डका संगीतकर्मी द्वोय अनिल गन्धर्व र दिनेश ढकालले बताए |