जसपाबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टङ्गियो(सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउने जिम्मा पाएका पार्टीका शिर्ष नेताहरू अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अशोक राईले कसलाई सरकारमा पठाउने भन्ने छिनोफानो गरेका हुन् ।

पार्टीका एक नेताले नाम नखुलाउने शर्तमा नागरिक मिररसँग कुराकानी गर्दै राजेन्द्र प्रसाद श्रेष्ठ, रेणु यादव, राम सहाय प्रसाद यादव, प्रमोद साहलाई सरकारमा पठाउने निर्णय भएको छ ।

उनले हालसम्मको अपडेट यहि रहेको भन्दै कुन मन्त्रालय कसलाई दिने विषयमा केही बेरमा टुङ्गो लाग्ने पनि बताए ।

उपसभामुख पनि जसपा नेपालले पाउने भन्दै उनले उपसभामुखमा कसलाई पठाउने हो भन्ने विषयमा टुङ्गो लागि नसकेको पनि उनले उल्लेख गरे ।

नवनियुक्त मन्त्रीहरूले आज साँझ ४ बजे शपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया
नागरिक मिरर