धनुषाको रमदैयामा अत्याधुनिक वाटर पार्क, हिरोइन प्रियंका कार्कीले उद्घाटन गर्दै

जनकपुरधाम मधेश प्रदेशको राजधानी एवं पवित्र मिथिला भूमी जनकपुरधाममा यस प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क सञ्चालन हुन लागेको छ। क्षीरेश्वरनाथ नगरपालिका–१ मा अवस्थित ‘वंडरलैंड वाटर पार्क’को उद्घाटन शुक्रबार बिहान ११ बजे नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा हुने भएको छ।

‘जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.’का प्रबन्ध निर्देशक गुड्डु जैनले पत्रकार सम्मेलनमा बोल्दै यो वाटर पार्कको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय जनतालाई मनोरञ्जन प्रदान गर्नु रहेको बताए।

करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यस वाटर पार्कमा Multilane slide (2 लेन), Body wave slide, High speed body slide, Open Body Turning slide, Open Float Slide, Wave Pool, Rain Dance, 5 Platform Water Play System, साथै Tots Activity अन्तर्गत 6 विभिन्न Shower (Mushroom Umbrella, Tilting Cone, Water Cage, Rainbow, Fun Crystal Arena, Fun Arch Curtain) जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। त्यस्तै, आगन्तुकहरूका लागि पर्याप्त पार्किङ, Food Court, Party Hall तथा Performance Stage समेत निर्माण सम्पन्न भइसकेको जैनले जानकारी दिए।

वंडरलैंड वाटर पार्क दक्ष तथा अनुभवी कर्मचारीहरूको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क प्रवेश व्यवस्था गरिएको छ भने अन्य आगन्तुकहरूका लागि प्रति व्यक्ति रु. ८४० (कर बाहेक) प्रवेश शुल्क तोकिएको छ। पार्कको स्वच्छता सुनिश्चित गर्न चारवटा वाटर ट्रीटमेन्ट प्लान्ट जडान गरिएको छ भने आगन्तुकहरूको सुविधाका लागि Costume तथा Locker को पनि व्यवस्था गरिएको छ।

पार्कभित्र १८ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको मधेशकै सबैभन्दा ठूलो Restaurant Complex निर्माणाधीन रहेको छ, जसमा अत्याधुनिक किचेन, Conference Hall, बार, केबिन लगायतका सुविधाहरू समावेश गरिनेछ। साथै, निकट भविष्यमा Resort, Banquet Hall, तथा बच्चाहरूका लागि अत्याधुनिक Play Zone निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म करिब रु. १२ करोड ५० लाख खर्च भइसकेको छ। पार्कमा २ हजार मानिसलाई एकै पटक प्रवेश दिने क्षमता रहेको छ भने सुरक्षा सुनिश्चित गर्न लाइफ गार्ड, सुरक्षा गार्ड तथा बाउन्सरहरूको व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनमा कम्पनीका Board of Directors अभिषेक गोयन्का, डा. मोनी महतो, तथा शुश्बु जैन सर्राफको उपस्थिति रहेको थियो।

प्रतिक्रिया