जनकपुरको एक गेष्ट हाउसमा ४० वर्षीय पुरुषको शव फेला, सँगै आएका साथी फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ। प्रादेशिक अस्पतालको ठीक अगाडि रहेको गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय सागर चौधरी मृत अवस्थामा फेला परेका हुन्।
मृतक चौधरी महोत्तरीको पिपरा गाउँपालिका ७ का निवासी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन्। उनले दिउँसो ३ बजे गेस्ट हाउस संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताए ।
सागर दुई जनासंगै आएको र उहाँ संगै रहेका व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । चौधरी वास बसेको सो कोठा सिरहाको मिर्चैयाका अमित साहको नाममा बुक गरिएको गेस्ट हाउसका एक कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया