पञ्चकोशी परिक्रमा अवसरमा स्वास्थ्य शिविर

जनकपुरधाम । पवित्र पञ्चकोशी परिक्रमा अवसरमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ। तराई डेन्टल क्याम्प, रोटरी क्लब अफ जनकपुरधाम, तथा इन्टरएक्ट क्लब अफ जनकपुरधामको संयुक्त आयोजनामा सम्पन्न शिविरले परिक्रमामा सहभागिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

शिविरमा निशुल्क दन्त परीक्षण, सामान्य स्वास्थ्य परामर्श तथा जनचेतनामूलक सत्रहरू संचालन गरेको थियो। चिकित्सक, दन्त विशेषज्ञ, तथा स्वयंसेवकहरूको टोलीले शिविर सञ्चालन गर्दै परिक्रमामा सहभागिरूलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए।

आयोजकहरूले स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागी सबैलाई कार्यक्रमलाई सफल बनाउन दिएको सहयोगका लागि आभार व्यक्त गरेका छन्। यस्ता पहलहरूले न केवल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँछन्, बरु सामुदायिक सेवा तथा करुणाको भावनालाई पनि प्रोत्साहित गर्छन्।

जनकपुरधाममा हरेक वर्षझैं यस वर्ष पनि स्थानीय युवा क्लबहरू तथा समाजसेवी संस्थाहरूले विभिन्न सेवा शिविरहरू सञ्चालन गरेका छन्।

प्रतिक्रिया