धनुषा यादव चोक विवाद : मलद्वारमा प्रहरीको गोली लागेर गम्भीर घाइते युवक काठमाडौँ रेफर

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका युवकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
शहीदनगर–१ कुम्भकर्णका २२ वर्षीय संतोष यादवलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको हो।
सबैला नगरपालिका ९ भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि विवाद चर्किएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको थियो।
तस्बिरः संजय साह
प्रतिक्रिया