महायज्ञ गर्न भन्दै दलित परिवारलाई हटाएको विषयमा सिडीओ दाहाल मन्त्रालय तानिए

सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।
दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको हो ।
मन्त्री लेखकले महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया






