सलमान खानको ‘सिकन्दर’को ट्रेलर सार्वजनिक

काठमाडौँ । बलिवुडका भाइजान सलमान खानको बहुप्रतिक्षित चलचित्र सिकन्दरको ट्रेलर रिलिज भएको छ ।
उनले आफ्ना फ्यानलाई इदमा विशेष गिफ्ट दिँदै आइतवार सिकन्दरको ट्रेलर रिलिज गरेका हुन् ।
इदको अवसर पारेर ३० मार्चमा रिलिज हुने सिकन्दर पावर प्याक्ड चलचित्रको रुपमा रहेको ट्रेलरमा देख्न सकिन्छ ।
सलमानसँगै रश्मिका मन्दना, काजल अग्रवाल र बाहुवली फेम सत्यराज पनि मुख्य भूमिकामा छन् ।
प्रोड्युसर साजिद नाडियाडवाला र विजनरी निर्देशक ए.आर.मुर्गदासले बनाएको ‘सिकन्दर’ को ट्रेलरले फ्यानहरू निकै उत्साहित बनेका छन् ।
पछिल्लो समय हिट चलचित्र दिन नसकेका सलमानलाई पठानमा अतिथि कलाकारको रुपमा देखिएको थियो । उनको टाइगर ३ र किसि की भाई किसी की जान ले खासै आम्दानी गर्न सकेको थिएन । त्यसकारण पनि ‘सिकन्दर’ बाट उनका दर्शक र फ्यानलाई ठूलो आशा छ ।
प्रतिक्रिया






