बुद्ध एयरको अनलाइन टिकट काट्ने सिस्टम ह्याक गर्ने दुई जना पक्राउ

काठमाडौं ।विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय बिकाश भारती र गोरखा अजिरकोट गाउँपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।  

बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । 

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया