भारतीय अभिनेता मनोज कुमारको निधन

काठमाडौँ । भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ ।
मुम्बईको कोकिलाबेन धीरूभाई अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनको अन्त्येष्टि शनिवार गरिने छ ।
देशभक्ति चलचित्रका लागि प्रसिद्ध मनोज कुमारको जन्म १९३७ मा पाकिस्तानमा भएको थियो ।
उनले निल कमल, क्रान्ति, पूरब और पश्चिम, पिया मिलन की आश, पत्थरके सनम, नसिब जस्ता फिल्ममा अभिनय गरेका छन् ।
उनको निधनको खबरले बलिवुड निशब्द छ ।
प्रतिक्रिया






