वन मन्त्री यादवको सरलता: विजया दशमीको दिन सहिद परिवारको आँगनमा
काठमाडौं । वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले पार्टीमा मात्रै होइन जनताकाबीच पनि आफूलाई सरल नेताका रुपमा स्थापित गराउन सफल भएका छन् ।
सामान्य तया कोहीपनि नेता पदमा पुगेपछि आफ्नो तडकभडक देखाउने प्रवृत्ति आम रहेको बेला नेपाल सरकारका एक महत्त्वपूर्ण मन्त्रालय सम्हालेका वन तथा वातावरण मन्त्री यादवले आफू जुन परिवेशबाट आएको हुं त्यसलाई बिर्सने छैन भन्ने कुरालाई स्थापित गराइरहेका छन् ।
मन्त्रीको पद सम्हालेदेखि उनले आफ्नो जन्मथलो र कर्म थलोमा गएर आफ्नो जीवनसाथीलाई सम्मान गरे भने आज टिकाको दिन सहिद परिवारसंग भेटेर विजया दशमी मनाएका छन् ।
उनले नेता र कार्यकर्ता तथा आफन्त भेट्नूको साटो सहिद परिवारलाई भेटेर टीका थाप्ने र आशिर्वाद लिएका छन् ।
सहिद परिवारलाई भेटेर उनीहरुको सुखदुःख बुझेर आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्य मन्त्री जस्तो आफू धनी नभएपनी आफ्नो मन भने सबै भन्दा धनी रहेको यादवले बताए ।
शहिदहरुका कारण नै देशमा यस्तो परिवर्तन आएको र त्यसैको जगमा आफू मन्त्री भएको बताउंदै मन्त्री यादवले सहिद परिवारलाई राज्यले बेवास्ता गर्न नसक्ने बताए ।
बाराको कलैयास्थित मधेस आन्दोलनका सहिद हिफाजत मियाको परिवार र बच्चासंग भलाकुसारी गर्दै सहिद परिवारको सम्मान र उनीहरुको उचित व्यवस्थापनका लागि आफू संधै तयार रहने उनको भनाइ छ ।
यस्तै अन्य सहिद परिवारलाई समेत भेट्ने यादबले बताए ।
यसरी टिकाका दिन समेत सहिद परिवारका लागि दिएको देखेर समाजिक सन्जालमा समेत मन्त्री यादवको सर्वत्र चर्चा भइरहेको छ ।
मन्त्री यादबसंगै प्रतिनिधिसभा सदस्य राममबाबु कुमार यादवलगायतका नेता समेत सहिद परिवारलाई व्यवस्थापन गर्न सरकारलाई घच्घचाउने बताए ।