चलेन ‘सिकन्दर’मा सलमानको जादु, सय करोड कमाउन पनि धौ-धौ

काठमाडौँ । सलमान खान अभिनित चलचित्र सिकन्दरको बक्स अफिस कलेक्शन सुस्त बनेको छ ।

इदको अवसरमा रिलिज गरिएको बलिवुड भाईजान सलमानको सिकन्दरले ६ दिनमा सय करोड पनि कलेक्शन गर्न सकेको छैन ।

सिकन्दरले हालसम्म नेट कलेक्शन ९३ दशमलव ७५ करोड रुपैयाँ मात्रै गर्न सकेको छ । सलमान खानको स्टारडम अनुसार यो निकै कमजोर देखिएको छ ।

सलमानले पछिल्लो ७ वर्षमा बलिवुडलाई एउटा पनि हिट चलचित्र दिन सकेका छैनन् ।

ए.आर.मुरुगदासको निर्देशनमा बनेको सिकन्दरमा सलमानको अपोजिट रश्मिका मन्दना छिन् । तर, चलचित्रले खासै दर्शक तान्न नसक्दा बक्स अफिसमा धेरै टिक्न नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
    ट्याग: