महोत्तरीमा मूर्ति विसर्जन गर्न गएको एक युवकको डुबेर मृत्यु

महोत्तरी । महोत्तरीमा मूर्ति विसर्जन गर्न गएको एक युवकको डुबेर मृत्यु भएको छ । विसर्जनको क्रममा मूर्तिको तल च्यापिएर जलेश्वर नगरपालिका २ का पवन साहका छोरा अन्दाजी बर्ष १८ का सुमित साहको डुबेर मृत्यु भएको हो ।

मूर्ति विसर्जन गर्न गएको सुमित शनिबार साँझसम्म पनि घर नफर्केपछि उनको खोजबिन सुरु भएको थियो । खोजबिन पश्चात कहिकतै नभेटेपछि मूर्ति विसर्जन गर्न गएको पोखरीमा डुबेको आशंका भएपछि खोजतलास गर्दा सुमितको शव उक्त पोखरीमा भेटेको छ ।

उनको शव जलेश्वरस्थित भार्गवसर पोखरीमा फेला परेको हो ।

जिल्ल प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले युवक मादक पदार्थ सेवन गरेको र मूर्ति विसर्जनको समयमा मूर्ति खस्ने स्थानको अनुमान लगाउन नसकेर उनी मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको बताए ।

उनले थप जानकारी पोस्टमार्टमपछि मात्र बाहिरिने बताए ।

प्रतिक्रिया
नागरिक मिरर