शाहरुखको ‘किङ्ग’ मा दीपिकाले आमाको भूमिका निर्वाह गर्ने

काठमाडौँ । बलिवुडका किङ्ग शाहरुख खानको आगामी चलचित्र ‘किङ्ग’ मा दीपिका पादुकोणले आमाको भूमिका निर्वाह गर्ने चर्चा भइरहेको छ ।

आफ्नी छोरी सुहाना खानसँग शाहरुख चलचित्र ‘किङ्ग’ मा अभिनय गर्दैछन् । जसको तयारी तीव्र गतिमा भइरहेको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गर्ने उक्त चलचित्रमा दीपिका पादुकोणले पनि अभिनय गर्ने बुझिएको छ । पिपिङ्ग मुन वेबसाइटका अनुसार दीपिकाले चलचित्रमा सुहाना खानको आमाको भूमिका निर्वाह गर्न सक्छिन् । उनको यो भूमिका एस्कटेन्डेड क्यामियो सरह हुनेछ । दीपिकाले यसअघि चलचित्र जवानमा पनि यस्तै भूमिका गरेकी थिइन् ।

चलचित्र ‘किङ्ग’ एक्सन रिभेन्ज थ्रिलर रहेको छ । जसमा अभिशेक बच्चनले मेन भिलेनको भूमिका निर्वाह गर्नेछन् ।

चलचित्र ‘किङ्ग’ सन् २०२६ को अन्त्यसम्म रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया
    ट्याग: