बैङ्गलोरद्वारा मुम्बईसमक्ष जितका लागि २ सय २२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैङ्गलोरले मुम्बई इन्डियन्स समक्ष २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय २१ रन बनाएको छ ।
बैङ्गलोरका लागि ओपनर ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक ६७ रन बनाउँदा कप्तान रजत पाटीदारले ६४ रन बनाए ।
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले पनि २ विकेट लिए । त्यस्तै विग्नेश पुथुरले १ विकेट हात पारे ।
हालसम्म जारी सिजनमा मुम्बईले ४ खेल खेल्दा १ मा मात्रै जित निकालेको छ भने ३ खेल खेलेको बैङ्गलोरले २ मा जित निकालेको छ ।
आजको खेलमा दुबै टिम जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।
प्रतिक्रिया






