आईपीएलः चेन्नई र पञ्जाब अनि कोलकोत्ता र लखनउ भिड्दै

काठमाडौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा लखनउ सुपर जाइन्ट्स र साविक विजेता कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच भिडन्त हुनेछ ।

लखनउ र कोलकोत्ताबीचको खेल कोलकोत्ताको इडन गार्डेनमा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । जारी सिजनमा हालसम्म ४ खेल खेलेको दुबै टिमले समान २÷२ खेलमा जित निकालेको छ । तर, नेट रनरेटको आधारमा कोलकोत्ता पाँचौ स्थानमा छ भने लखनउ छैटौँ स्थानमा रहेको छ ।

यस्तै आजै हुने चेन्नई र पञ्जाबबीचको खेल साँझ ७ः४५ बजे मुल्लानपुरमा हुनेछ । जारी सिजनमा पञ्जाब राम्रो प्रदर्शनसहित अङ्क तालिकाको चौँथो स्थानमा रहेको छ भने चेन्नई खराब प्रदर्शनसहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

हालसम्म पञ्चाबले ३ खेल खेलेकोमा २ मा जित हात पारेको छ भने चेन्नईले ४ खेलमा १ मा मात्रै जित निकालेको छ ।

प्रतिक्रिया
    ट्याग: