जातपातको कुरा गरेर विभेदलाई बढावा नदिन प्रधानमन्त्रीको आग्रह

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीयताको कुरा गरेर विभेदलाई बढावा नदिन आग्रह गरेका छन् ।

मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले जातपातको कुरा गरेर मानिसमाथि विभेद गर्न नहुने बताए ।

उनले मानिसको जात नै एउटै जात भएकोले जातपातको कुरा गरिरहँदा त्यसले विभेद कहिल्यै अन्त्य नहुने पनि बताए ।

तल्लो र माथिल्लो जात भन्ने बहस हाम्रो समाजमा मात्रै रहेको भन्दै उनले त्यसलाई जडैबाट अन्त्य गरेर समाजलाई समृद्धिको बाटोमा अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया
    ट्याग: