महानगरले जरिवाना गराउने डरले राप्रपाले आफैँ सफा गर्‍यो फोहोर, मेयर बालेनले दिए धन्यवाद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनसभामा भएको फोहोर आफैँ सफा गरेकोमा धन्यवाद दिएका छन् ।

राप्रपाले मंगलवार बल्खु क्षेत्रमा आयोजना गरेको जनसभाको क्रममा भएको फोहोर आफैँ सफा गरेपछि बालेनले धन्यवाद दिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

प्रतिक्रिया
    ट्याग: