लखनउले कोलकोत्तालाई दियो जितका लागि २३९ रनको लक्ष्य

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्ट्सले कोलकोत्ता नाइट राइडर्ससमक्ष जितका लागि २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलकोत्ताको इडन गार्डेनमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको लखनउले निर्धारित ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको छ ।
लखनउका लागि निकोलस पुरले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए भने मिचेल मार्सले ८१ रन बनाए । त्यस्तै एडन मार्करमले ४७ रन बनाउँदा अब्दुल समादले ६ रन मात्रै बनाउन सके ।
कोलकात्ताका लागि हर्षित रानाले २ विकेट लिँदा आन्द्र रसेलले १ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।
जारी सिजनमा हालसम्म ४ खेल खेलेको दुबै टिमले समान २र२ खेलमा जित निकालेको छ । तर, नेट रनरेटको आधारमा कोलकोत्ता पाँचौ स्थानमा छ भने लखनउ छैटौँ स्थानमा रहेको छ ।
यस्तै आजै हुने अर्को खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच भिडन्त हुनेछ ।
चेन्नई र पञ्जाबबीचको खेल साँझ ७ः४५ बजे मुल्लानपुरमा हुनेछ । जारी सिजनमा पञ्जाब राम्रो प्रदर्शनसहित अङ्क तालिकाको चौँथो स्थानमा रहेको छ भने चेन्नई खराब प्रदर्शनसहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
हालसम्म पञ्चाबले ३ खेल खेलेकोमा २ मा जित हात पारेको छ भने चेन्नईले ४ खेलमा १ मा मात्रै जित निकालेको छ ।






