चेन्नईविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै पञ्जाब

काठमाडौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको दोस्रो खेलमा पञ्जाब किङ्ग्सले टस जितेको छ ।
चन्डिगढको मुल्लानपुर स्टेडियममा हुने आजको दोस्रो खेलमा पञ्जाबले चेन्नई सुपर किङ्ग्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको हो ।
जारी सिजनमा पञ्जाब राम्रो प्रदर्शनसहित अङ्क तालिकाको चौँथो स्थानमा रहेको छ भने चेन्नई खराब प्रदर्शनसहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
हालसम्म पञ्चाबले ३ खेल खेलेकोमा २ मा जित हात पारेको छ भने चेन्नईले ४ खेलमा १ मा मात्रै जित निकालेको छ ।
प्रतिक्रिया






