कोलकोत्तालाई ४ रनले हराउँदै लखनउको रोमाञ्चक जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा जित हात पारेको छ ।

कोलकोत्ताको इडन गार्डेनमा भएको खेलमा कोलकोत्ता नाइट राइडर्सलाई ४ रनले हराउँदै लखनउले जित हात पारेको हो ।

लखनउले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको कोलकोत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन मात्रै बनाउन सक्यो ।

कोलकोत्ताका लागि कप्तान अजिंक्या रहाणले सर्वाधिक ६१ रन जोडेपनि त्यो जितका लागि काम लागेन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको लखनउका लागि निकोलस पुरले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए भने मिचेल मार्सले ८१ रन बनाए । त्यस्तै एडन मार्करमले ४७ रन बनाउँदा अब्दुल समादले ६ रन मात्रै बनाउन सके ।

कोलकात्ताका लागि हर्षित रानाले २ विकेट लिँदा आन्द्र रसेलले १ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

प्रतिक्रिया