वर्षाका कारण जनकपुर जलमग्न [फोटो/भिडियो]

जनकपुरधाम । सोमवार रातिदेखि शुरु भएको वर्षाको कारण जनकपुर जलमग्न भएको छ ।

सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा जनकपुर जलमग्न भएको हो ।

वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, अस्पताल रोड र अस्पताल परिसर, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् ।

नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।

वर्षाले सडकहरू जलमग्न हुनुका साथै जनकपुरका विभिन्न कार्यालयहरु पनि डुबानमा परेका छन् ।

तस्वीहरु : शिवेन्द्र रोहिता

प्रतिक्रिया
नागरिक मिरर