चेन्नईका फ्यानका लागि खुशखबरी, धोनीलाई पुनः कप्तानको जिम्मेवारी

काठमाडौँ । महेन्द्र सिंह धोनीले एकपटक फेरि चेन्नई सुपर किङ्ग्सको कप्तानी सम्हाल्ने भएका छन् ।
चेन्नईका कप्तान ऋतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएका कारण बाँकी म्याचमा चेन्नईको कप्तानी धोनीले गर्ने भएका हुन् ।
न्यूज एजेन्सी एएनआई र पीटीआईका अनुसार गायकवाडको कुहिनामा चोट लागेर फ्याक्चर भएका कारण उनी टुर्नामेन्टबाट बाहिरिएका छन् ।
चेन्नईको बाँकी म्याचमा अब धोनीले कप्तानी सम्हाल्ने चेन्नईका कोच स्टीफन फ्लेमिङ्गले बिहीवार पुष्टि गरेका हुन् ।
जारी सिजनमा चेन्नईले पाँच खेल खेलेकोमा एकमा मात्रै जित निकाल्न सकेको छ । खराब प्रदर्शनका कारण चेन्नई अङ्क तालिकाको १० मध्ये ९ औँ स्थानमा रहेको छ ।
चेन्नईले भोलि कोलकोत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया






