भारतको उत्तर प्रदेश र बिहारमा चट्याङ्ग लागेर ६० जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा चट्याङ्ग लागेर ६० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार चट्याङ्ग, आँधी र वर्षाका कारण बिहारमा ३८ जना र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको हो ।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई क्षतिपूर्तिबारे चार–चार लाख रुपैयाँ दिने घोषणा गरेका छन् भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ४ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया






