सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की दिइएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मुम्बईको वर्लीस्थित यातायात विभागको व्हाट्सएप ग्रुपमा सलमानलाई ज्यानले मोर्न धम्कीसहितको म्यासेज आएको हो । जसमा सलमानको घरमा प्रवेश गरेर हत्या गर्ने र उनको कारमा बम विस्फोट गराउने चेतावनी दिइएको छ ।

सलमानलाई दिइएको धम्कीको हालसम्म कसैले पनि जिम्मा लिएको छैन भने सलमान र उनको परिवारको तर्फबाट पनि कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यसअघि पनि सलमानलाई लोरेन्स विश्नोई समूहले ज्यान मार्ने चेतावनी दिँदै आएको छ । गत वर्ष सलमानको घरमा गोली पनि प्रहार गरिएको थियो । उक्त घटना पछि सलमानको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

सलमानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका शुभचिन्तक र फ्याहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया