सुडानमा विद्रोही समूहले शरणार्थी शिविरमाथि आक्रमण गर्दा कम्तिमा ४ सय जनाको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रका अनुसार सुडानमा विद्रोही आक्रमणमा परी कम्तिमा ४ सय जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार सुडानको विद्रोही समूह रैपिड सपोर्ट फोर्स (आरएसएफ) ले एउटा शरणार्थी शिविरमाथि आक्रमण गर्दा ४ सय जना मारिएका हुन् ।

गत साता पिछले सप्ताह आरएसएफले अल–फशर शहर वरपर रहेका शरणार्थि शिविरहरूमाथि हवाई र स्थल आक्रमण गरेको थियो ।

सुडानमा विद्रोही समूह आरएसएफ र सुडानको सेनाबीच दारफुरमाथि कब्जा गर्ने विषयमा युद्ध जारी छ । सन् २०२३ देखि दुबै पक्षबीच युद्ध जारी रहेको छ ।

संयुक्त राष्ट्रका अनुसार गत बिहीवारदेखि शनिवारसम्म भएको आक्रमणमा परी १४८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया