वन मन्त्री यादव वनस्पति विभागमा, जडिबुटीको बजारीकरणका लागि छुट्टै नीति बनाइने

काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले वनस्पतिको संरक्षण र बजारीकरणका लागि छुट्टाछुट्टै प्रयोगशाला स्थापना गरिने बताएका छन् ।

आज वनस्पति विभागमा अवलोकन तथा निरिक्षण गर्न पुगेका मन्त्री यादवले वनस्पति र जडिबुटीमा धनी नेपाललाई बजारीकरणमा कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रीत गरेर काम गर्न पनि निर्देशन दिएका हुन् ।

नेपालको वनस्पति उत्पादनलाई विकसित गरियो र यहीँको जडिबुटीबाट उत्पादित वस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको व्यवस्था गर्न सकियो भने देशलाई ठुलै उपलब्धी हुन सक्ने मन्त्री यादवको भनाइ छ ।

उनले नेपालको वनस्पति र जडिबुटीलाई प्रवद्र्धन र संरक्षण गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा पनि महत्त्वपुर्ण योगदान हुने उल्लेख गरे ।

उनले वनस्पतिको प्रवद्र्धन र बजारीकरणका लागि  नीति नियम तथा कानून बनाएर काम गर्ने भन्दै स्थानिय स्तरमा नै वनस्पति सम्बन्धी परिक्षणका लागि प्रयोगशाला निर्माण गर्न छुट्टै नीति बनाउने पनि बताए ।

स्थानिय स्तरमा परिक्षण प्रयोगशाला निर्माण भयो भने जुटिबुटी वनस्पति सम्बन्धी खेती गर्र्ने कृषकहरूलाई सहज र ठुलै मद्दत गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपालमा जडिबुटी क्षेत्रको विकास, वनस्पति उत्पदानमा वृृद्धि स्थानिय स्तरबाटै बढ्ने र बजारीकरण गर्न सकिने हुँदा प्रयोगशाला निर्माण गर्नका लागि अघि बढ्न र प्रविधियुक्त टेक्निसियको आधुनिक तालिमको पनि व्यवस्था गरिने मन्त्री यादवले बताए ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेका सबै निकायलाई सकृय र आधुनिक गरि सबै निकायलाई परिचालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
नागरिक मिरर