अल्लु अर्जुनसँग नयाँ चलचित्र बनाउँदै एटली

काठमाडौँ । साउथ इन्डियाका प्रसिद्ध निर्देशक एटलीले सुपर स्टार अल्लु अर्जुनसँग नयाँ चलचित्रको घोषणा गरेका छन् ।

चलचित्रको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, दर्शक भने यी दुई जनाबीचको तालमेललाई लिएर निकै उत्साहित देखिँदैछन् ।

एटलीको पछिल्लो सुपर हिट चलचित्र शाहरुख खान अभिनित जवान थियो । जसले विश्वभर एक हजार करोडभन्दा बढीको आम्दानी गरेको थियो । जबकी अल्लु अर्जुनको पछिल्लो चलचित्र पुष्पा २ ले विश्वभर २ हजार करोडको आम्दानी गरेको थियो । यस्तोमा साउथका दुईजना प्रसिद्ध व्यक्तिको चलचित्रलाई लिएर दर्शकबीच उत्साह निकै बढेर गएको छ ।

एटलीले सार्वजनिक गरेको एक भिडियो अनुसार आउने नयाँ चलचित्रमा स्पेशल इफेक्ट्स र अर्को युनिभर्सको कथा, साइन्स फिक्शनको समायोजना हुनेछ ।

प्रतिक्रिया
    ट्याग: