कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने प्रष्ट पारेको छ ।
शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएको हो ।
भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि बोर्डले जनाएको छ ।

प्रतिक्रिया






