‘के तिमी मलाई माया गर्छौ’ दिल छुने नयाँ नेपाली गीत सार्वजनिक

काठमाडौं । राकेश साहको प्रस्तुति र आदर्श प्रोडक्सनको ब्यानरमा निर्माण भएको नयाँ नेपाली गीत ‘के तिमी मलाई माया गर्छौ’ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गायक सीडी विजय अधिकारी र इन्द्रकला राईको सुमधुर स्वरमा सजिएको यो गीतले प्रेम, पीडा र समर्पणको गहिरो भावना व्यक्त गर्दछ।
गीतमा आकाश श्रेष्ठ र गरिमा शर्माको अभिनयले प्रेम कथालाई अझै जीवन्त बनाएको छ। उनीहरुको केमिस्ट्रीले गीतलाई भिजुअल हिसाबले पनि प्रभावशाली बनाएको छ।
‘अब अझ न मलाई तड्पाउ, मलाई आफ्नो बनाउ, आऊ मेरो प्राण ममा समाउ’ जस्ता मार्मिक पंक्तिहरूले दर्शकको मन छोएको देखिन्छ। गीतको दोस्रो र तेस्रो अन्तराबाट प्रेममा परेको व्यक्तिको भावना, निराशा, र समर्पणलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।
‘धारहराबाट कुदेर ज्यान दिन्छु’ जस्ता शब्दहरूले गीतको भावनात्मक उचाइ झनै बढाएको छ।
गीत आदर्श प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। यस गीतले २०८२ सालको चर्चित प्रेम गीत बन्ने अपेक्षा निर्माताले गरेको छ।
तल हेर्नुहा्स गीत ‘के तिमी मलाई माया गर्छौ’






