राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि गृहले भन्यो: समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतवार कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लङ्घन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ ।

साथै मन्त्रालयले त्यस्तो गतिविधिमा संलग्न हुने जोकोहीलाई कानून बमोजिम कारबाही हुने पनि चेतावनी दिएको छ ।

राप्रपाले आइतवार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने र सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिँदैको निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्ने तयारी गरेको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
    ट्याग: