रेशम चौधरी पक्राउको सिके राउतद्वारा भर्त्सना

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको घटनाप्रति भर्त्सना गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’
बुधवार नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
प्रतिक्रिया






