दीपावलीको पूर्वसंध्यामा क्षीरेश्वरनाथका मुसहर, चमार र डोम समुदायलाई २० हजार


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मुसहर, चमार र डोम समुदायका घरपरिवारले दीपावलीको पूर्वसंध्यामा २० हजार आर्थिक सहयोग गरिएको छ ।
कोरोनाबाट प्रभावित नगरपालिकाका १२ सय ३८ घरपरिवारलाई २० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको छ । उनीहरुलाई जीविकोपार्जनमा तत्काल टेवा पुर्याउने उद्देश्यले हेल्भेटास नेपाल र स्विस सोलिडारिटीको सहयोग तथा क्षीरेश्वरनाथ नगरपालिकाको साझेदारीमा आर्थिक सहयोग गरिएको छ ।
मुसहर, चमार र डोम समुदाय कोरोनाको कहरबाट स्वास्थ्य तथा आर्थिक रुपमा कठिनाई भोगिरहेको हुँदा उनीहरुलाई पुनःस्थापित गर्न आर्थिक सहयोग गरिएको कार्यक्रमका संयोजक अरविन्द यादवले बताए ।
विपन्न उक्त घरपरिवारले पाएको सो आर्थिक सहयोगले यस चाडपावडको बेला खानपान, लत्ताकपडा स्वास्थ्य उपचार लगायतका कार्यमा टेवा पुग्ने कार्यक्रम संयोजक यादवको भनाई छ ।
ज्याला मजदुरी गरेर जीवनयापन गर्ने मुसहर, चमार र डोम समुदायलाई हेल्भेटास नेपाल र स्विस सोलिडारिटीको सहयोग तथा क्षीरेश्वरनाथ नगरपालिकाको साझेदारीमा यस चाडवाडको बेला आर्थिक सहयोग पाएपछि लाभाग्राहीहरु उत्साहित भएका छन् ।

कोरोनाबाट प्रत्यक्ष मार्कामा परेका ती विपन्न वर्गका घरपरिवारलाई नगदै रकम वितरण गरेको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले जनाएका छन् । उनले दैनिक ज्याला मजदुरी गरी घर खर्च चलाउने ती विपन्न वर्गलाई आधारभूत सेवा सुविधाको पहुँच कमी आउँन नदिन यो कार्यक्रम ल्याएको जनाए । नगर प्रमुख पजियारले यस्ता किसिमका कार्यलाई अगामी दिनमा पनि विभिन्न दाताहरुसँग समन्वय गरी निरन्तरता दिने प्रतिवद्धता जनाए ।

विगतमा कोरोनाको पहिलो लहरका बेला वडाका विभिन्न घरपरिवारलाई राहत स्वरुप विभिन्न सामाग्रीहरु वितरण गरिएको थियौं तर दोश्रो चरणमा केही वितरण गर्न नसक्दा उक्त राहत स्वरुप दातासँग समन्वय गरी वडाका विपन्न वर्गहरुलाई राहत स्वरुप यो आर्थिक सहयोग वितरण गरिएको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.४ का वडाध्यक्ष जगदीश यादवले बताए ।
यो कार्यक्रम देशको एक मात्र नगरपालिका क्षीरेश्वरनाथ नगरपालिकामा संचालन भएको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरेले जनाएका छन् । उनले अगामी दिनमा समेत यस्ता कार्यक्रमहरु संचालानार्थ पहल गर्ने जनाए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले कोरोनाबाट यस नगरपालिकाका विपन्न वर्गहरु बढी प्रभावित भएको देखिएपछि हेल्भेटास नेपाल प्रदेश २ का संयोजक संदिप पौडेलसँग सहयोगबारे छलफल गरेपछि यो कार्यक्रम ल्याउन सफल भएका बताए ।
हेल्भेटास नेपाल यसअघि पनि क्षीरेश्वरनाथ नगरपालिकामा विपन्न वर्गहरुको आर्थिक स्तर उकास्न बगर खेती लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।
बगर खेती गर्दै आएको विपन्न वर्गहरु पनि कोभिडबाट प्रभावित व्यक्तिहरुलाई विताशर्त नगद वितरण गरिएको हेल्भेटास नेपालका प्रदेश २ संयोजक संदिप पौडेलले बताए । उनले अगामी यस नगरपालिकामा कोरोना सम्बन्धि विभिन्न जनचेतना कार्यक्रमहरु पनि संचालन गर्ने बताए । संयोजक पौडेलले अगामी दिनमा पनि यस नगरपालिकाको आवश्यकता हेरी हेल्भेटास नेपालले सहयोगलाई निरन्तरता प्रतिबद्धता दिने प्रतिबद्धता जनाए ।
क्षीरेश्वरनाथ नगरपालिका ४ का चन्द्रकला रामले दीपावली र छठ पर्वमा खर्चको जोहो कसरी जुटाउने चिन्ताले सताइरहेका बेला सहयोग पाएपछि पाएपछि खुशी भएको बताइन् ।
यस अघि उक्त पैसा लिनका लागि छनौट भएका लाभान्वित घरपरिवारको वडा कार्यालयमै गएर खाता खोलिएको थियो भने पैसा पनि वडा कार्यालयबाटै वितरण गरिएको छ ।