संसद बैठक बस्दै, आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । सङ्घीय संसद्को दुवै बैठक आज पनि बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२ः १५ बजे बस्ने छ ।

आजको बैठकमा पनि सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने क्रम जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक प्रस्तुत गरेका थिए ।

सोमवाबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभामा गत आइतवारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भैसकेको छ ।

प्रतिक्रिया