एमाले धनुषाको जिल्ला अधिवेशनः विवाद मिलेन, बुधवारसम्मका लागि अधिवेशन स्थगित

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८ औं जिल्ला अधिवेशन बुधवारसम्मका लागि स्थगित भएको छ ।

निर्वाचन समितिले सूचना जारी गर्दै दुई पक्षबीचको विवाद र उत्पन्न परिस्थितिका कारण बुधवारसम्मका लागि अधिवेशन स्थगित गरिएको बताएको हो ।

अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनको विषयमा विवाद हुँदा अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्र तनावपूर्ण बनेको थियो । विवाद मिल्न नसक्दा अधिवेशन स्थगित गरिएको बताइएको छ ।

झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ । भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।

वैशाख २० गतेदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्न प्रक्रिया अघि बढाइएको थियो।

प्रतिक्रिया