रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा पोस्ट लेख्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । तर, उनले एक दिवसीय फर्म्याट भने खेल्ने छन् ।
रोहितले यसअघि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
रोहितले लेखेका छन्, ‘टेस्ट क्रिकेटबाट म सन्यास लिँदैछु । सेतो जर्सीमा आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरोलागि निकै गर्वको कुरा थियो ।’
रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याच खेल्दै ११६ पारीमा ४०.५७ को औसतले ४ हजार ३०१ रन बनाएका छन् ।
प्रतिक्रिया






